Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

काठमाडौंमा आज एक लाख युवा उतार्दै एमाले, एलिना सहितका कलाकारले प्रस्तुति दिने

काठमाडौंमा आज एक लाख युवा उतार्दै एमाले, एलिना सहितका कलाकारले प्रस्तुति दिने

बिहिवार , बैशाख ११, २०८२

काठमाडौँ । नेकपा एमालेले आज ‘यूथ सेलिब्रेशन’ को आयोजना गर्दैछ । एमालेले युवालाई ‘जनताले जितेको दिन’ को स्मरण गराउने उद्देश्यले लोकतन्त्र दिवसका दिन आज ‘यूथ सेलिब्रेशन’ गर्न लागेको हो ।

एमाले युवा सङ्घ नेपालका अनुसार भृकुटीमण्डपमा ‘यूथ सेलिब्रेशन’ समारोह आयोजना गर्न लागिएको छ । ‘यूथ सेलिब्रेशन’ मा एक लाख युवाहरू सहभागी हुने दाबी गरिएको छ ।

नयाँ पुस्तामा राजनीतिक परिवर्तनको महत्त्व स्थापित गर्ने योजना अन्तर्गत कार्यक्रम आयोजना गरिएकाले राष्ट्रव्यापी रूपमा युवाको सहभागिताका लागि त्यहाँ बहस हुने बताइएको छ ।

भृकुटीमण्डपमा हुने युवा उत्सवमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनेछन् । कार्यक्रममा विभिन्न चर्चित कलाकार ब्यान्डको साङ्गीतिक प्रस्तुति, फोटो सेसन, टिकटक, लगायत युवाहरूलाई मनोरञ्जन दिन सकिने व्यवस्था मिलाएको एमालेले जनाएको छ ।

‘यूथ सेलिब्रेशन’मा सांगीतिक प्रस्तुति दिने कलाकार र ब्याण्डको लाइनअप घोषणा समेत गरिएको छ । सूचीमा पछिल्लो वर्ष धेरै सुनिएको गीत ‘म त ढलेँ ढलेँ’ फेम्ड गायिका शान्तारानी परियारदेखि युवापुस्तामा निकै रुचाइएको ब्याण्ड ‘पूर्ण राई एण्ड दाजुभाईहरू’ सम्म समावेश छन् ।

एमालेले सामाजिक संजालबाट सार्वजनिक गरेको लाइनअपमा शान्तारानी परियार, एलिना चौहान, वाङदेन शेर्पा एन्ड द काउब्वायज, द एलिमेन्ट्स, सुशान्त एन्ड रागा र पूर्ण राई एण्ड दाजुभाईहरू छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077