Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

शशांकको चियापानमा पूर्वपदाधिकारीको बैठक, महाधिवेशनमा छुट्टै समूह बनाउने योजना

शशांकको चियापानमा पूर्वपदाधिकारीको बैठक, महाधिवेशनमा छुट्टै समूह बनाउने योजना

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । कांग्रेस नेता शशांक कोइरालाले महारागन्जस्थित निवासमा आयोजना गरेको चियापान कार्यक्रममा नेताहरुले छलफल चलाएका छन् ।

आगामी महाधिवेशनमा छुट्टै समूह बनाउने उद्देश्यले चियापानसँगै नेताहरूले छलफलमा जुटेका हुन् ।

नेताहरु कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमा गच्छदार, प्रकाशशरण महतसहितको बैठक सुरु भएको छ ।

चियापानमा नेताहरु एनपी साउद, दिलेन्द्र बडु, पुस्पा भुसाल, दीपक गिरी, अम्बिका बस्नेत,गुरु बराल, नैन सिंह महर, राजीव ढुंगाना, शिव हुमागाईं लगायत सहभागी छन् ।

अरु नेता कार्यकर्ता चियापान गरिरहेका बेला शशांकसहितका पूर्वपदाधिकारीहरू छुट्टै बैठक बसेका हुन् ।

पार्टीका पूर्वपदाधिकारी लगायत नेताहरुलाई निमन्त्रणा गरेर उनले आज चियापान कार्यक्रम आयोजना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077