Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

पैसा, गाडी, धर्म र जातिको नाममा आक्रमण गराएर पार्टी फुटाइदिने षड्यन्त्र भयो : सिके राउत

पैसा, गाडी, धर्म र जातिको नाममा आक्रमण गराएर पार्टी फुटाइदिने षड्यन्त्र भयो : सिके राउत

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति र्पार्टीबीच वैशाख १७ गते पार्टी एकता गर्ने तयारी भएको छ। यी दुई पार्टीले लामो कसरत र छलफलपछि पार्टी एकताको निष्कर्ष निकालेका हुन्।

‘यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणाको तयारी गर्दैछौं,’ जनमत पार्टीका अध्यक्ष सिके राउतको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेको छ ।

अरूहरूले परिवारमा झगडा लगाएर फुट ल्याएर, पार्टी भित्रैका पदाधिकारीहरूमाथि पैसा, गाडी, साधनस्रोत प्रयोग गरेर एकता भाँड्न खोजेको पनि अध्यक्ष राउतले आरोप लगाएका छन्।

‘नानाभाँती समाचार लेखाएर बदनाम गर्दै चरित्र हत्या गर्दै निरूत्साहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस्, कि पार्टी फुटाइदिने षड्यन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरिद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनः पक्राउ गराइदिने धम्की होस्, कुनै पनि कसर बाँकी राखेका छैनन्,’ उनले भने।

जनमत अध्यक्ष राउतको सचिवालयले भनेको छ–‘धेरै पार्टी/शक्तिहरूको अहिले निद्रा उडेको छ। किनकि आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ। नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ।

तर हामीलाई शक्तिशाली देख्न नचाहने तत्त्वहरूले हामीलाई (जनमत, नाउपा दुइटैलाई) तहस–नहस गर्नका लागि विगत ७–८ महिनादेखि कुनै कसर बाँकी राखेका छैनन्।

परिवारमा झगडा लगाएर फुट ल्याएर होस् कि पार्टी भित्रैका पदाधिकारीहरूमाथि पैसा, गाडी, साधनस्रोत प्रयोग गरेर होस्, कि मिडियामा नानाभाँती समाचार लेखाएर बदनाम गर्दै चरित्र हत्या गर्दै निरूस्ताहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस्, कि पार्टी फुटाइदिने षड्यन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरीद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनः पक्राऊ गराइदिने धम्की होस्, कुनै पनि कसर बाँकी राखेका छैनन्।

तर हामी आत्तिएका छैनौं। तपाईंहरू पनि नआत्तिनुहोला। जनताको भावना र आकांक्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढने नै छौं। एकता हुन्छ नै।

यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच घोषणाको तैयारी गर्दैछौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077