Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

गभर्नर नियुक्तिमा २० करोडको डिल गरेको प्रमाण भेटिएपछि ऊर्जा राज्यमन्त्री बर्खास्त : महेश बस्नेत

गभर्नर नियुक्तिमा २० करोडको डिल गरेको प्रमाण भेटिएपछि ऊर्जा राज्यमन्त्री बर्खास्त : महेश बस्नेत

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त गरिएका पूर्णबहादुर तामाङमाथि गम्भीर आरोप लगाएका छन् । तामाङले राष्ट्रबैंकको गभर्नर नियुक्तिका लागि २० करोडको डिल गरेको प्रमाण फेला परेको उनको दाबी छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बस्नेताले तामाङलाई त भनेर सम्बोधन गर्दै सो दाबी गरेका हुन् । विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँग मिलेर अर्बौँको ठेक्कामा मिलेमतो र अनियमितता गरेको आरोप पनि बस्नेतले लगाएका छन् ।

यस्तो छ उनको स्टाटसः

भ्रष्टाचार विरुद्ध आवाज उठाऔं — पारदर्शिता र जवाफदेहिता बडाऔं

ठेकेदार कान्छाराम उर्फ पूर्णबहादुर– जसको नाममा २० भन्दा बढी योजना कालोसूचीमा छ । सारा ठेक्का सेटिङमा पार्छ र काम चोरेर अलपत्र गर्छ ।

ऊर्जा राज्यमन्त्री भएको आडमा कुलमान जोगाएको नाटक गर्दै कुलमानसँग मिलेर अर्बौंको ठेक्कापट्टामा मिलोमतो र अनियमितता गर्छ । अझै खतरनाक कुरा त राष्ट्र बैकको गभर्नर नियुक्तिका लागि २० करोड डिल गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्रीज्यूले बर्खास्त गर्नुभयो ।

तर जो चोर उसकै ठूलो स्वर भने झैं अचेल कान्छाराम मिडियामा प्रधानमन्त्रीविरुद्ध राजनीतिक आडमा पद फुस्केपछि अनावश्यक आरोप लगाएर नौटङ्की गरिरहेको छ । याद गरेसः एमालेको पङ्क्तिको हातमा पनि दही जमेर बसेको छैन । अब समय आयो । भ्रष्ट र बेइमानहरूको पर्दाफास गरौँ । इमान्दार नेतृत्व र युवा पुनर्निर्माणको लागि प्रधानमन्त्रीज्यूले चालेको कदम सँगै उभियौँ । साथ दिऊँ, परि आए ज्यान दिऊँ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077