Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

गभर्नर नियुक्तिमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण : प्रकाशशरण महत

गभर्नर नियुक्तिमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण : प्रकाशशरण महत

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ गर्न नहुने बताएका छन् ।

बीपी चिन्तन प्रतिष्ठान र संसदीय अध्ययन तथा विकास संस्थाले बिहीबार आयोजना गरेको ‘आगामी बजेटका प्राथमिकताहरू’ विषयक विशेष अन्तरसंवाद कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका डा. महतले यस्तो बताएका हुन् ।

उनले राजनीतिक पूर्वाग्रह नराखी योग्य र व्यावसायिक व्यक्तिलाई गभर्नर नियुक्त गरिनुपर्ने बताए ।

‘गभर्नर नियुक्तिमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण कुरा हो’, महतले भने, ‘जसले निरपेक्ष भावले अर्थतन्त्रलाई केन्द्रमा राखेर काम गर्छ, त्यस्तो व्यक्तिलाई गभर्नर नियुक्त गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077