Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

वर्तमान सरकार चौतर्फी रुपमा असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन

वर्तमान सरकार चौतर्फी रुपमा असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन

बिहिवार , बैशाख ११, २०८२

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार अब ढल्न मात्रै बाँकी रहेको दाबी गरेका छन् ।

सिन्धुपाल्चोकको चौतारामा बिहीबार भएको वाईसिएल नेपालको पाचौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले वर्तमान केपी ओली नेतृत्वको सरकार चौतर्फी रुपमा असफल भइसकेको बताए । असफल भइसकेको सरकार अब ढल्न मात्रै बाँकी रहेको उनको दाबी छ ।

उनले संविधान कार्यान्वयन र व्यवस्था बचाउने सवाल, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि, अन्तराष्ट्रिय सम्बन्ध र घरेलु समस्या जस्ता सबै विषयमा सरकार असफल भएको उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077