Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

लेखराजले एमाले अछामको अधिवेशन उद्घाटन गर्ने, आजै भीम रावलको गढमा 'इन्ट्री' !

लेखराजले एमाले अछामको अधिवेशन उद्घाटन गर्ने, आजै भीम रावलको गढमा 'इन्ट्री' !

शुक्रवार , बैशाख १२, २०८२

अछाम । नेकपा एमाले अछामको ९औं जिल्ला अधिवेशन भोलिदेखि जिल्ला सदरमुकाम मंगलसेनमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन एमाले सुदूरपश्चिम इञ्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्टले गर्ने भएका हुन् ।

उनी आजै अछाम आइपुग्ने कार्यतालिका रहेको छ । लेखराज काठमाडौंबाट सुर्खेत हुँदै आज अछाम आइपुग्ने छन् । वैशाख १३ देखि १५ गतेसम्म चल्ले अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् ।

हालसम्म अध्यक्षका लागि वर्तमान अध्यक्ष चन्द्र बहादुर वोहरा, सचिव भीम रावल (कालोटोपी), डिबी साउद, शिवप्रसाद उपाध्याय, बमबहादुर विसी र तिलक कुँवर प्रमुख दाबेदार छन् ।

यद्यपि आकांक्षीको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयनका प्रयास भइरहेका छन् । जिल्ला अधिवेशनका लागि चार सय जना प्रतिनिधि छानिएका छन् ।

सुदूरपश्चिम प्रदेशका अन्य आठ जिल्लामा अधिवेशन सम्पन्न भइसके पनि अछाममा केन्द्रमा देखिएको विवादका कारण अधिवेशन समयमै हुन सकेको थिएन ।

पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावलमाथि भएको कारबाहीपछि अन्ततः पहिलोपटक अछाममा अधिवेशन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077