Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

अबको चुनावमा कांग्रेस-एमालेको खुट्टामा उभिने छैनौं : प्रचण्ड

अबको चुनावमा कांग्रेस-एमालेको खुट्टामा उभिने छैनौं : प्रचण्ड

आइतवार , बैशाख १४, २०८२

बाँके । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अब आउने चुनावमा आफ्नै खुट्टामा उभिने दाबी गरेका छन् ।

जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत आइतबार बाँकेको राप्ती सोनारी–६ फत्तेपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले कांग्रेस र एमालेसँग समीकरण गर्दा फाइदा जति कांग्रेस र एमालेले उठाएको बताए ।

‘कांग्रेस र एमालेसँग समीकरण गरेर फाइदा जति कांग्रेस र एमालेले उठाए, घाटा माओवादीलाई भयो, अब हामी उनको खुट्टामा उभिने छैनौं,’ उनले भने ।

माओवादी आफ्नै खुट्टामा उभिएर अगाडी बढ्दा केही परिणाम उप–चुनाव र स्ववियु निर्वाचनबाट देखा परिसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077