Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सरकारले आफैँ बनाएर दिनुपर्ने ऐन चाहियो भनेर आन्दोलन गर्नुपर्ने अवस्था बिडम्बनापूर्ण हो : जनार्दन शर्मा

सरकारले आफैँ बनाएर दिनुपर्ने ऐन चाहियो भनेर आन्दोलन गर्नुपर्ने अवस्था बिडम्बनापूर्ण हो : जनार्दन शर्मा

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शिक्षक आन्दोलन लम्बिँदा विद्यार्थीहरूको पठन प्रक्रियामा नै समस्या भएको  बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा लिएर बोल्दै उनले शिक्षकहरूको माग पूरा नहुनुमा पछिल्ला तीन सरकार जिम्मेवार रहेको बताए ।

उनले भने ,‘पछिल्ला तीन वटा सरकारले पटक–पटक सरकारले गरेका सम्झौता कार्यान्वयन गर्ने र धोका दिने गर्दा समस्या भएको हो । सबै पक्ष जिम्मेवार भएर शिक्षकका जायज माग सम्बोधन गर्नमा लाग्नुपर्छ ।’

शिक्षकका जायज माग सम्बोधन गर्न सरकार अग्रसर हुनुपर्ने उनको आग्रह छ ।

संविधान अनुसार ऐन बनाउनुपर्ने धेरै ढिलो भइसकेको उल्लेख गर्दै उनले सरकारले आफैँ बनाएर दिनुपर्ने ऐन चाहियो भनेर आन्दोलन नै गर्नुपर्ने अवस्था बिडम्बनापूर्ण रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077