काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले शिक्षकहरुको आवाज नसुनेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रदेखि समाजवादी पार्टीसम्मले त्यसको विरोध गर्दै आएको छ ।
माओवादीका अध्यक्ष दाहालले त पटक–पटक सार्वजनिक कार्यक्रममै शिक्षहरुलाई आन्दोलन नछाड्नुस् भन्दै उचालिरहेका छन् । प्रतिपक्षले शिक्षकलाई उचालेको भन्दै सत्तारुण दल नेकपा एमालेले त्यसको विरोध गर्दै आएको छ ।
शिक्षकहरुको आन्दोलनमा आज ऐक्यबद्धता जनाउन पुगेका नेकपा एकीकृत समाजवादीका नेताहरूमाथि शिक्षकहरु उल्टै खनिएपछि उनीहरु त्यहाँबाट तत्कालै निस्किएका छन् ।
शिक्षक आन्दोलनको २७औं दिनमा आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका छ नयाँ बानेश्वर पुगेका एकीकृत समाजवादीका अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतलाई शिक्षकहरुले ‘आउनु पर्दैन’ भन्दै फर्काएका हुन् ।
उनीहरूलाई आन्दोलनरत शिक्षकहरूले आफूहरूको आन्दोलनमा सहभागी नहुन भन्दै उल्टै नाराबाजी गरे ।
आन्दोलनमा सहभागी शिक्षकहरूले उनीहरूलाई संसदमा बोल्न आग्रह गर्दै ‘यहाँ नआउन’ भन्दै माइकिङ समेत गरेका थिए ।
बाहिरने क्रममा अध्यक्ष नेपालले भनेका छन्–‘अरु केही भन्दिनँ, यो आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ ।’
शिक्षकहरू गत २० चैतदेखि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलनमा छन् ।