Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

उपचारका लागि छुटेका धवलशम्शेर राजावादी आन्दोलनमा देखिएपछि

उपचारका लागि छुटेका धवलशम्शेर राजावादी आन्दोलनमा देखिएपछि

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । स्वास्थ्य उपचारका लागि भन्दै हाजिरी जमानीमा छुटेका राप्रपाका महामन्त्री धवलशम्शेर राणा सोमबार आन्दोलनमा सहभागी भएका छन् ।

राप्रपा नेपालले सोमबार भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शन र सभामा राणा पनि सहभागी भएका हुन् ।

स्वास्थ्य उपचारका भन्दै उनी यही वैशाख ७ गते हाजिरी जमानीमा छुटेका थिए ।

उनीसँगै पक्राउ परेका राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने थुनामै छन् ।

चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा आयोजना गरेको हिंसात्मक आन्दोलनमा सहभागी धवलशम्शेर र रवीन्द्र मिश्र लाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077