Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

एमाले अछाम अधिवेशन : उपसचिव पदका लागि बुद्धिरामको उम्मेदवारी घोषणा

एमाले अछाम अधिवेशन : उपसचिव पदका लागि बुद्धिरामको उम्मेदवारी घोषणा

सोमवार , बैशाख १५, २०८२

अछाम । नेकपा एमाले अछामका नेता बुद्धिराम साउँदले जिल्ला उपसचिव पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

गत शनिबार मंगलसेनमा उद्घाटन गरिएको ९औं जिल्ला अधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्दैछ । सर्वसम्मत नेतृत्व चयन गर्न नेताहरु गृहकार्य गरिरहेका छन् ।

सोही बेला नेता साउँदले जिल्ला उपसचिव पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउन र स्थानीय स्तरमा एमालेको प्रभाव बढाउन आफूले उम्मेदवारी दिएको उनी बताउँछन् ।

उनले पार्टी भित्रको एकता र अनुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् । उनी यसअघिका जिल्ला कमिटी सदस्य समेत हुन् ।

उपसचिव पदमा पनि आकांक्षीहरु बढेका छन् । नेता साउँदको उम्मेदवारीसँगै जिल्लामा नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बन्ने अनुमान गरिएको छ ।

यसअघि विभिन्न व्यक्तिहरुले उपसचिव पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उता अध्यक्ष पदका लागि पनि सात जनाको अडान कायमै छ ।

नेताहरु सर्वसम्मतिमार्फत नयाँ नेतृत्व टुंगो लगाउने कसरतमा छन् । यदि आज सहमति जुट्न नसके निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077