काठमाडौं । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष एवं पञ्चायतकालीन नेता केशरबहादुर विष्टले राजा प्रचण्डले जस्तो जहाँ पायो त्यहीँ मान्छे मारेर हिँड्ने नभएको बताएका छन् ।
सोमबार काठमाडौंको भृकुटिमण्डपमा राप्रपा नेपालले आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने ,‘राजा नभएको भए आज प्रचण्ड हुँदैन थियो । यो ख्याल गर्नू प्रचण्डले जस्तो जहाँ पायो त्यहीँ मान्छे मारेर हिँड्ने राजा होइन ।’
देशमा राजा नभएको भए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पनि नहुने बताए ।
उनले जनयुद्धको बेलामा नेपाली सेनाले प्रचण्ड हिँडेको एक घण्टापछि मात्रै घरमा बम पड्काएकै कारण पटक-पटक जोगिएको समेत स्मरण गरे ।
‘सेनाले ऊ (प्रचण्ड) बसेको घरमा बम हान्दो रहेछ । ठिक्क प्रचण्डले घर छाडेर हिँडेको एक घण्टामा बम पड्काउँदो रहेछ,’ विष्टले भने, ‘अर्को घर पनि छाडेको एक घण्टापछि पड्काउँदो रहेछ । यो आर्मी पनि बडो खेलाडी, बेलामा नहान्ने, हिँडेपछि हत्तेरी मिस भयो भन्ने ।’