काठमाडौं । नेकपा एमालेकी पूर्व सांसद गंगा चौधरीले जनताको बहुदलीय जनवाद (जबज) त्रिशूली नदीमा बगेको बताएकी छन् ।
राप्रपा नेपालले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
उनले मदन भण्डारीको हत्या भएसँगै त्रिशूली नदीमा जबज बगेको बताएकी थिईन् ।
उनले भनिन् ,‘एमाले पार्टीभित्र जब मदन भण्डारीको हत्या भयो, त्यतिखेर त्रिशूली नदीमा जनताको बहुदलीय जनवाद बगिसकेको छ ।’
एमाले परित्याग गरेर शिवसेना नेपाल अभियानमा संलग्न भएकी चौधरी पछिल्लो समय राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिमा सक्रिय भएकी छिन् ।
उनले सम्बोधनको क्रममा प्रहरी परिवारकै भएका कारण माओवादी जनयुद्धको बेलामा आफ्नो ससुराले ज्यान गुमाएको भन्दै उक्त घटना बिर्सन नसक्ने बताइन् ।
देश जोगाउने हो भने सबैले स्वार्थ छाडेर राष्ट्रको झण्डामुनि उभिनुपर्ने उनको भनाई थियो ।