Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सुरक्षा पन्तलाई प्रधानमन्त्रीको साथ, हृदयेन्द्रलाई कला क्षेत्रमा लाग्न सुझाव

सुरक्षा पन्तलाई प्रधानमन्त्रीको साथ, हृदयेन्द्रलाई कला क्षेत्रमा लाग्न सुझाव

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । केही दिनअघि अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन अन्तर्वार्तामा पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्रलाई कला क्षेत्रमा आउन सुझाव दिएपछि एकाएक उनी 'ट्रोल' बन्छिन् ।

जसका कारण उनको फिल्म खेल बहिष्कार अभियान नै चल्छ । हृदयेन्द्रको अनुहार आकर्षक भएको भन्दै पन्तले फिल्म इन्डस्ट्रीमा आउन सुझाएकी थिइन् ।

पन्तको उक्त भनाइलाई लिएर उनको आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कला क्षेत्रमा आए हुन्छ भन्दै पन्तलाई ढाडस मिल्नेगरी अभिब्यक्ति दिएका छन् ।

स्वतन्त्र रूपमा आफ्नो विचार राख्दैमा कलाकारमाथि सामाजिक सञ्जालमा आक्रमण हुनु दुःखद् भएको बताउँदै ओलीले सामाजमा बढेको विकृति चिर्नको लागि कला क्षेत्रले महत्वपूर्ण भुमिका खेल्नुपर्ने समेत बताए ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ९ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वनवयुवराज शाहलाई यस्तो सुझाव दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भने ,‘राम्रो अनुहार छ कला क्षेत्रमा आए हुन्छ । रिसाउनु र गाली गर्नुपर्ने के छ त्यसमा ? म पनि सुझाव दिन्छु, ति बाबु सिकेर कला क्षेत्रमा आएभने राम्रै हुन्छ । अब राजा हुने सपना देखे भने सपनै सपनामा जिन्दगी जान्छ । त्यसैले यो गलत बाटो केही मान्छे कराएर सही बाटो हुने होइन ।’

प्रधानमन्त्री ओलीले हृदयेन्द्र शाहलाई राजा हुने सपना नदेख्न समेत चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077