Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त

खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

'राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय खमबहादुर गर्बुजालाई राज्यमन्त्री पदमा नियुक्त गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ,' राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तत्कालीन राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई केही दिन अगाडि मात्रै बर्खास्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077