Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

गृहमन्त्री लेखक र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

गृहमन्त्री लेखक र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले भेटवार्ता गरेका छन् ।

नेपाल भ्रमणका लागि काठमाडौं आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाइवालेले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन् ।

भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाविरुद्ध रहेको स्पष्ट पारे ।

मन्त्री लेखकले नेपाल–भारतबीचको सदियौंंदेखिको मित्रवत् सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाइवालेसित कुराकानी भएको बताए ।

सो भेटका अवसरमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाइवालेले दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्दै लैजाने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077