काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ ।
उक्त सहमति मन्त्रिपरिषदबाट अनुमोदन भएसँगै शिक्षामन्त्री रघुजी पन्तले बुधबार राति पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् ।
सहमतिमा शिक्षक–कर्मचारीको स्वास्थ्य उपचार, तलब सुधार र सामाजिक सुरक्षालगायत महत्त्वपूर्ण माग सम्बोधन गरिएको छ ।
सरकारसँग भएको ९ बुँदे सहमतिसँगै २९औं दिनदेखि जारी शिक्षकको सडक आन्दोलन फिर्ता भएको छ ।