Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ : प्रधानमन्त्री ओली

अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ : प्रधानमन्त्री ओली

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम मात्रै नभई श्रमिकको भविष्य पनि सुरक्षित रहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

उनले श्रमिकहरूको घरमा परिवर्तन ल्याउन सरकार सफल भइरहेको दाबीसमेत गरे ।

'देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले। श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुरू गर्‍यौँ, व्यङ्ग्य र ट्रोलहरू सहनुपर्‍यो । तर आज, ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन् । अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ,' उनले लेखेका छन् ।

उनले श्रम र श्रमिकलाई सम्मान गर्न आग्रह गरे । उनले अगाडि लेखेका छन्, 'छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन। श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौँ। श्रमलाई सम्मान गरौँ, श्रमिकलाई सम्मान गरौँ। जय श्रमिक, जय देश ।'

श्रमिकहरूको पेसागत मर्यादा र सम्मान एवं उनीहरूको हक अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077