काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिकलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगार वृद्धि गर्नेगरी सरकारको नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।
अन्तराृष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।
सभापति देउवाले भने ,‘हरेक राजनीतिक र अधिकार प्राप्तिका लागि श्रमिकको महत्त्वपूर्ण सहभागिता रहँदै आएको छ । नेपाली कांग्रेस श्रमिक अधिकार दिलाउनका लागि सधैं अग्रस्थानमा छ । श्रम ऐन, ट्रेड युनियन लगायतका कानुन नेपाली कांग्रेसकै सरकार भएको बेलामा आएका हुन् ।’
श्रमिकलाई अधिकार दिलाउनका लागि आफ्नो पार्टी सधैं अग्रस्थानमा रहेको उनले उनले बताएका थिए ।
नेपालको संविधानले रोजगारी र श्रमिक एवं योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुरक्षित गरेको उनको भनाई थियो ।