Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

बबी सिंहले पड्काएको पेस्तोल बरामद

बबी सिंहले पड्काएको पेस्तोल बरामद

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले पड्काएको पेस्तोल प्रहरीले बरामद गरेको छ ।

उक्त पेस्तोल सर्लाही प्रहरीले केहीबेर अघिमात्रै बरामद गरेको हो । प्रहरीको अनुसार उक्त पेस्तोल बारुद मात्रै पड्किने किसिमको रहेको खुलेको छ ।

नेृत सिंहले १२ वैशाखमा पेस्तोल पड्काउँदै नाचेको खुलेपछि सर्लाही प्रहरीले उक्त पेस्तोल बरामद गरेर अनुसन्धान अघि बढाएको छ ।

पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि यसबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उक्त पेस्तोलबाट फायर हुने भन्दा पनि ग्यास मात्रै पड्किने किसिमको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077