काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको अर्को नाम माउन्ट एभरेष्ट नक्कली भएको बताएका छन् ।
कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको अर्को नाम नरहेको उनको भनाई थियो ।
उनले भने ,‘एभरेष्टसँग माउन्ट एभरेष्टको समगरमाथाको कुनै लिनदिनु छैन, त्यसकारण यो नक्कली नाम हो । हामीले सगरमाथा नै भन्नुपर्छ । प्रपर नाउन भनेको अर्को हुँदैन, त्यसैले सगरमाथा इज सगरमाथा ।’
हिमालको चर्चा गर्ने क्रममा प्रधानमन्त्री ओलीले माउन्ट एभरेस्टसँग सगरमाथाको कुनै साइनो नभएको बताए ।
प्रधानमन्त्री ओली भने ,‘माउन्ट एभरेष्ट भनेर सगरमाथाको नाम जसको नाममा राखियो । उनी एउटा ब्रिटिस एभरेष्ट नाम गरेका व्यक्ति हुन् । ती व्यक्तिले सगरमाथा होइन, ल्होत्से चाहिँ अग्लो छ भनेर हिसाब निकालेका थिए । एभरेष्टसँग सगरमाथाको कुनै लिनुदिनु छैन ।