Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

प्रचण्डको आह्वान - अब ठूलो आन्दोलनका लागि तयार रहनु होला

प्रचण्डको आह्वान - अब ठूलो आन्दोलनका लागि तयार रहनु होला

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ क्रान्ति गर्ने समय छिटै आउन लागेको बताएका छन् ।

माओवादी केन्द्रको अखिल नेपाल ट्रेड युनियन महासंघले बिहीबार आयोजना गरेको १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

उनले ठूलो आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई आग्रह गरे ।

‘तपाईंहरु विचार गर्नुहोला समय छिटै नै आउँदैछ,’ प्रचण्डले भने, ‘समय छिटै नै आउँदै छ एउटा नयाँ आन्दोलनको। नयाँ अभियानको। एउटा नयाँ क्रान्तिको। त्यसको नेतृत्व गर्न पार्टी तयार भएको छ भन्ने भन्ने तपाईंहरुलाई विश्वास दिलाउँदै तपाईंहरु पनि मजदुर क्षेत्रबाट तयार रहनुहोला।’

उनले गणतन्त्र उल्टाउने षड्यन्त्र भइरहेको दाबी गर्दै क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077