Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

मुटुमा समस्या देखिएपछि रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

मुटुमा समस्या देखिएपछि रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी अस्पताल भर्ना भएकी छिन् ।

सानो आन्द्रा, रगत र मुटुमा समस्या देखिएपछि उनी काठमाडौंको टोखामा रहेको ग्राण्डी अस्पतालमा भर्ना भएकी हुन् ।

बुधबार नै अस्पतालमा भर्ना भएकी थिइन् । तर कार्यक्रमबाटै पार्टीका संरक्षक एवम् उनका श्रीमान् रेशम चौधरी पक्राउ परेका थिए ।

पक्राउपछि रेशमलाई छुट्टाउन उनी डिल्लीबजार कारागार पुगेकी थिइन् ।

रेशम रिहा भएपछि राति अबेरसम्म पार्टीको कार्यक्रममा व्यस्त भइन् । राति अबेरसम्म बसेपछि उनलाई थप समस्या भएको हो।

त्यसपछि उनी आज बिहान पुनः उपचारका लागि ग्रान्डीमा भर्ना भएको नाउपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077