Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

परराष्ट्रमन्त्री राणाले भनिन् - विदेशमा रहेका नेपाली हाम्रा लागि 'सफ्ट पावर' हुन्

परराष्ट्रमन्त्री राणाले भनिन् - विदेशमा रहेका नेपाली हाम्रा लागि 'सफ्ट पावर' हुन्

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरू मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छन् ।

कांग्रेसको जनसम्पर्क समिति समन्वयले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिका’ विषयक अन्तर्क्रियामा उनले यस्तो बताएकी हुन् ।

उनले दोस्रो पुस्तालाई नेपालसँग आबद्ध गराउन आवश्यक रहेको बताइन्।

'विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरु हाल विभिन्न मुलुकको राजनीतिमा पनि सक्रिय हुनुहुन्छ, उहाँहरू हाम्रा लागि सफ्ट पावर हुनुहुन्छ, हामीले त्यसको उपयोग गर्नुपर्छ,' उनले भनिन्।

अहिले गैर आवासीय नेपाली कार्डको विषय मुख्य रहेको उल्लेख गर्दै यो जारी गर्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077