Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

प्रधानमन्त्री ओली र देउवाबीच सिंहदरबारमा छलफल, किन गएनन् प्रचण्ड ?

प्रधानमन्त्री ओली र देउवाबीच सिंहदरबारमा छलफल, किन गएनन् प्रचण्ड ?

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । उनीहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।

उनीहरूबीच संक्रमणकालीन न्याय, पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, सरकारको वार्षिक नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भएको बताइएको छ । सरकारले नीति तथा कार्यक्रम शुक्रबारको संसद्‌को संयुक्त बैठकमा प्रस्तुत गर्दैछ ।

छलफलका प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि बोलाएका थिए । तर, उनी बैठकमा अनुपस्थित छन् ।

उनी विश्वासको वातावरण नबनेको भन्दै छलफलमा सहभागी नभएको स्रोत बताउँछ । प्रधानमन्त्री ओलीसँग प्रचण्ड रुष्ट रहेका छन् ।

यसअघि टीआरसीसँग नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई साटेको प्रचण्डमाथि आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077