Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

प्रिशाको मृत्यु प्रकरणमा छानबिन गर्न कूटनीतिक पहल सुरु भइसक्यो : परराष्ट्र मन्त्रालय

प्रिशाको मृत्यु प्रकरणमा छानबिन गर्न कूटनीतिक पहल सुरु भइसक्यो : परराष्ट्र मन्त्रालय

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अर्की नेपाली विद्यार्थी प्रिसा साह मृत फेला प्रकरणमा घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहल थालिएको छ ।

प्रिसा मृत फेला परेको खबर पाएपछि परराष्ट्र मन्त्रालयले छानबिनका लागि कूटनीतिक पहल थालेको हो ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जानकारी दिइन् ।

उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगन्जकी प्रिसा बिहीबार साँझ आफ्नै कलेज होस्टलको कोठामा पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077