Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

लेखा समिति केपी शर्मा ओली नेतृत्वको सरकारको छाया बनेको सिंहको आरोप

लेखा समिति केपी शर्मा ओली नेतृत्वको सरकारको छाया बनेको सिंहको आरोप

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । सांसद अमरेशकुमार सिंहले सार्वजनिक लेखा समिति केपी शर्मा ओली नेतृत्वको सरकारको छाया बनेको भन्दै आक्रोस पोखेका छन् ।

आइतबार समितिको बैठकमा उनले समितिको बैठकमा लेखा समितिको बैठकमा प्रधानमन्त्री र मुख्य सचिवलाई नबोलाएको भन्दै आपत्ति जनाएका हुन् ।

बैठकमा उनले भने, ‘लेखा समिति आजको दिनमा सरकारको छाया हो । यस्तो हुन हुँदैन ।'

लेखा समितिले दुई वर्षसम्म प्रधानमन्त्री र मुख्यसचिवलाई किन बोलाउन नसकेको भनेर प्रश्न गरेका उनले भने, ’लेखा समितिले मुख्यसचिव र प्रधानमन्त्रीलाई बोलाउन सकेको छैन । प्रधानमन्त्रीलाई राजाभन्दा बढी मान्छ, उसले बोलाउनै हुँदैन भन्छ । लेखा समिति संसद्को छाया हुन हुँदै हुँदैन ।’

पहिला पहिला लेखा समितिसँग मान्छेहरू डराउने भएको भए पनि अहिले त्यस्तो वातावरण नभएको बताउँदै स्वतन्त्र सांसद सिंहले भने,‘लेखा समितिले यहाँको भ्रष्टाचारलाई सहजीकरण गरिरहेको छ । कन्ट्रोल गर्नका लागि एउटै पनि काम भएको छ भने मलाई देखाउनुहोला ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077