काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ ।
पार्टी मुख्यालय च्यासलमा केहीवेर अघिबाट बैठक बसिरहेको हो । बैठकमा सरकारका नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल जारी छ ।
यस्तै संसद्मा रहेका विधेयक, राष्ट्रिय राजनीतिलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
बैठकको सुरुमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले यथावत् विषयवस्तुबारे प्रकाश पारेका छन् ।