काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक पनि आज बस्दै छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुन लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललेबाट वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची रहेको छ ।
नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा आज र भोलि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।