काठमाडौं । दलित उत्थान विकास प्राधिकरण गठनको प्रक्रिया अघि बढेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताका अनुसार दलित समुदायको सशक्तीकरण गर्ने संरचनालाई एकीकृत गर्न प्राधिकरण गठनको प्रक्रिया अगाडि बढाइएको हो ।
आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।
मन्त्री गुप्ताका अनुसार संविधानको धारा ४० मा उल्लेख गरिएको दलितको हक कार्यान्वयन गर्न मन्त्रालयले विधेयक निर्माण प्रक्रिया अगाडि बढाएको छ ।
‘दलित समुदायको अधिकार तथा विकासम्बन्धी विधेयक’ ल्याउने पनि उनको प्रतिबद्धता छ ।
यो विषय सरकारको वार्षिक नीति तथा कार्यक्रममा समेत समेटिएको उनले बताए ।