Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

नाउपाको चेतावनी : रेशम चौधरीको पक्राउबारे भोलिसम्म जवाफ नदिए सरकार छाड्ने

नाउपाको चेतावनी : रेशम चौधरीको पक्राउबारे भोलिसम्म जवाफ नदिए सरकार छाड्ने

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको पक्राउबारे चित्तबुझ्दो जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद लालवीर चौधरीले यस्तो चेतावनी दिएका हुन् ।

यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।

एकीकरण सभामा पुगेका रेशम चौधरीलाई अपहरण शैलीमा एकाएक डिल्लीबजार कारागार पुर्‍याइएको उल्लेख गर्दै लालवीर चौधरीले सरकारले यो घटनाका सम्बन्धमा जवाफ दिनुपर्ने माग गरे ।

उनले भने ,‘अदालतबाट पक्राउ गर्ने भनेर काटिएको पुर्जीलाई फर्जी भनिएको घटनाका सम्बन्धमा सरकारको अभिव्यक्ति नआएको हुनाले म यसै सदनमा भोलिका दिनमा प्रधानमन्त्री, गृहमन्त्रीले जवाफ दिनु भएन भने हामी सरकार छोड्न बाध्य हुन्छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077