Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सुदूरपश्चिममा माओवादी विवाद सहमती नभएपछि प्रदेशसभा सदस्यलाई काठमाडौं बोलाए प्रचण्डले

सुदूरपश्चिममा माओवादी विवाद सहमती नभएपछि प्रदेशसभा सदस्यलाई काठमाडौं बोलाए प्रचण्डले

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिमका संसदीय दलको नेताबारे उत्पन्न विवादलाई सहमतीका माध्यमबाट समाधान गर्न प्रदेश सभा सदस्यहरूलाई छलफलका लागि काठमाडौं बोलाएका छन् ।

प्रदेश संसदीय दलको नेताबारे उत्पन्न विवादलाई सहमतीका माध्यमबाट समाधान गर्न निर्देशन दिएका प्रचण्डले कार्यान्वयन नभएपछि फेरि प्रदेश सभा सदस्यहरुलाई काठमाडौं बोलाएका हुन् ।

२४ गते बिहान ९ बजे प्रचण्ड निवास खुमलटारमा बैठक डाकिएकाले अनिवार्य उपस्थित हुन भन्दै माओवादीको केन्द्रीय कार्यालयले प्रदेश सभा सदस्यहरुलाई म्यासेज पठाएको छ ।

१२ माघ २०८० मा माओवादी केन्द्रका बहुमत प्रदेश सभा सदस्यहरुले खगराज भट्टलाई हटाएरलाई संसदीय दलको नेता चयन गरेका थिए । अध्यक्ष प्रचण्डले भट्टलाई नै दलको नेतामा पुनर्बहाली गर्न पटक–पटक निर्देशन दिए पनि कार्यान्वयन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077