Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सुर्य थापाको राप्रपालाई प्रश्न : सांसद गीता बस्नेत कहाँ हुनुहुन्छ ?

सुर्य थापाको राप्रपालाई प्रश्न : सांसद गीता बस्नेत कहाँ हुनुहुन्छ ?

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । नेकपा एमालेका सांसद सुर्य थापाले सांसद गीता बस्नेतको खोजीमा सहयोग गर्न उनकै पार्टी राप्रपालाई आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने यस्तो आग्रह गरेका हुन् ।

उनले भने, ‘छिपछिपे सहकारीको बचत दुरुपयोगमा संलग्न आफ्नो सांसद गीता बस्नेत कहाँ हुनुहुन्छ ? कानुनी प्रक्रियामा ल्याउन सहयोग गर्नुस् ।’

राप्रपाकी सांसद गीता बस्नेत १ वर्षदेखि फरार छिन् ।

नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् ।

छिपछिपे सहकारीबाट १६ करोड ५८ लाख हिनामिनाको विषयमा अनुसन्धान हुँदा सांसद बस्नेत सञ्चालक रहेको बर्दियास्थित कृष्णसार रिसोर्टमा ९६ लाख ऋण लगानी भएको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077