काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रचण्ड निवास खुमलटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।
एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण र समसामयिक राजनीतिक विषयमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसँग विमर्श गरेको सचिवालयले जनाएको छ ।
सरकारले गत शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद् प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमले “समृद्ध नेपाल सुखी नेपाली'' को सपनालाई साकार पार्ने उल्लेख छ । संसद् बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको छ।