Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले बिहीबार संसदमा जवाफ दिने

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले बिहीबार संसदमा जवाफ दिने

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । रेशम चौधरीलाई पक्राउ गरिएको घटनामा गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते बस्ने प्रतिनिधिसभा बैठकमा जवाफ दिने भएका छन् ।

रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जवाफ माग गर्दै आजको बैठकमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले गृहमन्त्रीले वैशाख २५ गते बस्ने बैठकमा सो घटनाका विषयमा जवाफ दिने जानकारी गराएका हुन् ।

त्यसअघि दुई पार्टीका सांसदहरूको विरोधका कारण नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउन समस्या भएपछि सभामुख घिमिरेले उक्त घटनाका विषयमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077