काठमाडौं । रास्वपाका सांसद मनिष झाले सीता जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
कुनै दिन छिमेकीले जानकी पनि आफ्नै देशमा जन्मिएको भन्न सक्ने अवस्था आउन नदिनका लागि नेपालले जानकी जयन्तीमा सार्वजनिक बिदा दिएर यसलाई ख्याल गरिराख्नुपर्ने उनले बताए ।
‘आज जानकी जयन्तीको दिन बिदा दिन पनि छुटायौं। खै कता जन्मिएको राम नवमीमा हामी बिदा दिइरहन्छौं तर, आफ्नै भूमिमा जन्मिएकी जानकीको जन्मदिनमा वा जानकी जयन्तीमा चाहीँ हामी बिदा दिँदैनौं,' उनले भने ।