काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले किसानलाई राहत दिने हो भने बाँदर र बँदेललाई मार्नुपर्ने बताएका छन् ।
मंगलबार सरकारको नीति तथा कार्यक्रमको सन्दर्भमा आफ्नो भनाइ राख्ने क्रममा उनले यस्तो बताएका छन् ।
किसानलाई दुःख दिने बाँदर र बँदेल मारे कानुन लाग्छ भनेर संरक्षण गरिरहने हो भने किसानहरू विस्थापित हुने अवस्था आउने उनको भनाई थियो ।
उनले भने, ‘अस्ट्रेलियाले हरेक वर्ष ५० हजार आफ्नो राष्ट्रिय जनावर कंगारू मार्छ तर, हामीले बाँदर मार्न किन नहुने ?’