काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत सरकारलाई निर्देशन दिनुपर्ने माग गरेका छन् ।
मंगलबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सांसदहरूले उठाएका प्रश्नमा सरकार ग्म्भीर भएर जवाफ दिनुपर्ने माग गरेका हुन् ।
उनले भने, ‘यो गैरजिम्मेवारी किन ? म सभामुख महोदयलाई भन्न र आग्रह गर्न चाहन्छु, कि शून्य समय शून्यमा उडाउन हो भने बन्द गरौँ, होइन भने सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत निर्देशनको माग गर्दछु ।’
नागरिकका प्रश्नमा सरकार समाधानतिर नगएको आरोप लगाउँदै उनले भने, ‘नागरिकका प्रश्नमा सरकार समाधानतिर होइन, जवाफ पनि दिन तयार छैन ।’