Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

न्याय परिषद् सदस्यबाट कानुनमन्त्रीलाई हटाउने धनराज गुरुङको प्रस्ताव

न्याय परिषद् सदस्यबाट कानुनमन्त्रीलाई हटाउने धनराज गुरुङको प्रस्ताव

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । पूर्वकानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्याय परिषद् सदस्यबाट कानुनमन्त्रीलाई हटाउने प्रस्ताव राखेका छन् ।

यसका निम्ति संविधानको धारा १५३ मा संशोधन गर्नुपर्ने उनको आग्रह छ ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै संविधान संशोधन गर्ने विषय समावेश गरेको छ ।

त्यसउपर प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वकानुनमन्त्री गुरुङले न्याय परिषद् सदस्यबाट कानुनमन्त्रीलाई हटाउने प्रस्ताव राखेका हुन् ।

उनले भने, ‘न्याय परिषद्‍मा कानुनमन्त्री रहने प्रावधान हटाउनुपर्छ । न्यायलयलाई स्वच्छ, निश्पक्ष, पारदर्शी बनाउने र राजनीतिबाट मुक्त गराउने हो । संविधानको धारा १५३ मा संशोधन गर्न आवश्यक छ’

न्यायाधीशको नियुक्ति, सरुवा, अनुशासन सम्बन्धी कारबाही, बर्खासी र न्याय प्रशासन सम्बन्धी अन्य विषयको सिफारिस गर्न वा परामर्श दिन एउटा न्याय परिषद् रहने संवैधानिक व्यवस्था छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077