काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदीप नेपालको निधनले पीडाबोध भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत दिवंगत नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले यस्तो बताएका बताएका हुन् । उनले आफ्ना सहयोद्धा नेपालको निधनले पीडाबोध भएको बताए ।
'एमाले निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका, नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर नेता, प्रगतिशील साहित्य लेखनमा सञ्जय थापाको छुट्टै परिचय बनाउनु भएका मेरा सहयोद्धा प्रदीप नेपालको निधनले पीडाबोध भएको छ,' उनले भनेका छन्, 'उहाँसँग विभिन्न जिम्मेवारीमा सहकार्यका दिनहरू झल्झली सम्झना आइरहेका छन्।'
उनले नेपालको योगदानलाई सधैँ सम्झिरहने बताएका छन्। 'दिवंगत प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। प्रदीप नेपाल र उहाँको योगदानलाई हामी सधैँ सम्झिरहने छौँ,' उनले भनेका छन्।
पुराना वामपन्थी नेता नेपालको मङ्गलबार काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।