काठमाडौं । आज २०८३ असार १२ गते शुक्रबारको राशिफल ।
मेष
दाम्पत्य जीवन सुमधुर रहनेछ। कार्यक्षेत्रमा आएका चुनौतीहरूलाई पन्छाएर कार्यसम्पादन गर्न सकिनेछ। आयस्रोत बढाउनको लागि नयाँ योजना बन्नेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
मिथुन
कुनै शुभ समाचारले कार्यक्षेत्रमा थप उत्साह जाग्नेछ। मनपर्दो खानपान र पहिरनले मन रमाउनेछ। साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
सिंह
व्यापार व्यवसायमा थप उत्साह जाग्नेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आँटेका कार्यमा सफलता मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।
तुला
कार्यक्षेत्रमा नँया जिम्मेवारी प्राप्त हुनेछ। सेवामूलक कार्यबाट आफूलाई चिनाउन सक्नुहुनेछ। चुनौतीपूर्ण कार्यलाई सजिलो पार्न सकिनेछ। मनमा परोपकारको भावना जागृत हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
धनु
कार्यक्षेत्रमा योजन अनुरूप कार्य गर्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा मनज्ञ लाभ आर्जन हुनेछ। घरपरिवारमा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ
काम गर्ने तरिका परिवर्तन गर्ने सोच आउन सक्छ। पहिलेभन्दा सजिलो बाटो भेटिने सम्भावना छ। एउटै विषयलाई फरक दृष्टिले हेर्दा फाइदा हुनेछ। दिनभरि नयाँ सोच हावी रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
बृष
समय र परिस्थिति विचार गरेर आफूलाई प्रस्तुत गर्नुहोला। दोहोराएर प्रयत्न गर्दा कार्यक्षेत्रमा राम्रो सफलता मिल्नेछ। बुजुर्गहरूको स्वास्थ्यमा ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
कर्कट
मनमा रहेका नकारात्मक सोचलाई त्याग्नुहोस्। आफ्नो मनपरेको कार्यमा समय दिन पाइनेछ। कार्यक्षेत्रमा अरुको विश्वासमा अधुरो काम नछोड्नुहोला। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ३ रहेको छ।
कन्या
हजुरले बोलेको कुराहरुले अरुको मन दुख्न सक्ला यो कुराको ध्यान राखौं। युवाहरूलाई शिक्षाको क्षेत्रमा नयाँ अवसर मिल्ला। महत्त्वपूर्ण निर्णयहरूमा परिवारसँग सल्लाह लिनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।
बृश्चिक
शैक्षिक रोजगारमा सफलता मिल्नेछ। सामाजिक सञ्जालमा सक्रियता बढ्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
मकर
व्यापारमा योजना बनाएर गरिएको यात्रा लाभदायी रहनेछ। कार्यक्षेत्रमा सहयोगीहरूबाट सहयोग पाइनेछ। हजुरको व्यवहारले अरुमाथि सकारात्मक प्रभाव पर्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मीन
मनमा दबिएर बसेको कुरा व्यक्त गर्ने मौका मिल्न सक्छ। खुला रूपमा कुरा गर्दा गलत बुझाइ हट्नेछ। नजिकका व्यक्तिसँग सम्बन्ध अझ सहज बन्नेछ। दिन भावनात्मक रूपमा राम्रो रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।