Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

मेरिटोक्रेसीको आधारमा गभर्नर नियुक्ति गर्न सकिन्छ, भागबण्डामा होइन : सांसद डाँगी

मेरिटोक्रेसीको आधारमा गभर्नर नियुक्ति गर्न सकिन्छ, भागबण्डामा होइन : सांसद डाँगी

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । रास्वपा सचेतक निशा डाँगीले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले ढिलाइ गरेकोमा आपत्ति जनाएकी छिन् ।

प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले मेरिटोक्रेसीको सिद्धान्तअनुसार नियुक्ति गर्नुपर्ने गभर्नर नियुक्ति भागबण्डामा जनताको रुची नभएको बताएकी हुन् ।

उनले गभर्नर नियुक्तिमा सरकारले लामो समय खर्च गरेको भन्दै आपत्ति जनाइन् ।

'सरकारले गभर्नर नियुक्त गर्न लामो समय खर्च गरेको देखिन्छ,’ डाँगीले भनिन्, ‘मेरिटोक्रेसीको आधारमा पनि गभर्नर नियुक्ति गर्न सकिन्छ। र सरकारको समय यस्तो हावादारी कुरामा खर्च नगर्न सुझाव समेत दिन चाहन्छु। अहिले जनताले काम खोजेका छन्। भागबण्डा गरेर कसलाई कुन पद दिने भन्ने विषय खोजेका छैनन्।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077