काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) एक हप्ताका लागि स्थगित भएको छ ।
भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्वका कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले जारी आईपीएल एक हप्ताका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
बीसीसीआईले उक्त निर्णय विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । बोर्डका सचिव देवाजित साईकियाले विज्ञप्ति जारी गरेका थिए ।
बार्डले विज्ञप्तिमा क्रिकेटसँग राष्ट्रिय भावना जोडिए पनि राष्ट्र र राष्ट्रको सार्वभौमसत्ता र सुरक्षा प्रमुख रहेको उल्लेख गरेको छ ।