काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप सन् २०२६ को एसिया छनोटमा आज नेपाल र बहराइन भिड्दैछन् ।
खेल थाइल्याण्डमा बिहान पौने ९ बजे शुरू हुनेछ । हिजो हङकङसँगको खेल वर्षाले मैदान ओसिलो हुँदा हुन सकेन ।
एसिया छनोटमा नेपालसँगै आयोजक थाइलयाण्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।
नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । नेपालले मङ्गलवार फेरि हङकङसँग र बुधवार बहराइनसँग खेल्ने तालिका छ ।