Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

साफ यु–१९ च्याम्पियनसिपमा श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

साफ यु–१९ च्याम्पियनसिपमा श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । नेपाल भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा श्रीलंकालाई ५–० गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालका लागि सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लछु थापाले एक एक गोल गरे ।

समूह ‘बी’बाट भारत र नेपाल एक खेल अघि नै सेमिफाइनल प्रवेश गरेका हुन् । समुह बीमा गोल अन्तरका आधारमा भारत पहिलो र नेपाल दोस्रो स्थानमा छन् ।

अब मंगलबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077