काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज तेस्रो खेल खेल्दै छ ।
आजको तेस्रो खेलमा नेपालले हङकङ चीनसँग खेल्न लागेको हो ।
थाइल्यान्डमा जारी क्वालिफायर खेलको पहिलो दिन खेल मैदान भिजेका कारण टस नहुँदै खेल रद्द गरिएको हो ।
खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडेका थिए । दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको थियो ।