Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रहरी सबैभन्दा पहिला ठिक हुनुपर्छ : एसपी राणा

प्रहरी सबैभन्दा पहिला ठिक हुनुपर्छ : एसपी राणा

मंगलवार , बैशाख ३०, २०८२

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले जनताले चाहे बमोजिम सेवा गर्न प्रहरी सबैभन्दा पहिला ठिक हुनुपर्ने बताएका छन् ।

कैलालीको नेतृत्व सम्हालेपछि मंगलबार पत्रकारहरूसँगको भेटघाटमा प्रहरी उपरीक्षक राणाले यस्तो बताएका हुन् । उनले जनताले प्रहरीले प्रहरीकै काम गरोस् भन्ने चाहने बताए ।

प्रहरीहरूको आचरण सुधारका लागि लागेको उनले बताए। ‘पहिला हामी सुध्रिन्छौ। त्यसपछि बल्ल सेवा प्रवाह गर्ने भनेर अहिले हामी प्रहरीको आचरण सुधारमा लागेका छौ। राम्रो काम गर्नेलाई सजाय र नराम्रो गरेकालाई सजाय दिन कुनै कम्प्रमाइज गरिने छैन।’

यस्तै उनले बाचा गर्ने भन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077