काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबलमा आयोजक भारतसँग नेपाल पराजित भएको छ ।
मंगलबार राति सम्पन्नसमूह ‘बी’ को अन्तिम खेलमा भारतविरुद्ध नेपालले ४–० गोलले पराजित भएको हो ।
भारतको जितमा रोहिन सिंहले दुई, ओमङ डोडुम र डानी मेथेईले एक/एक गोल गरे । नेपालविरुद्धको जितले भारत भने समूह विजेता बन्यो ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई ५–० ले हराएको थियो । नेपालले अब सेमिफाइनलमा समूह ‘ए’ विजेता बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको सेमिफाइनल भिडन्त शुक्रबार हुनेछ ।