Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

शान्ति सुरक्षामा कुनै सम्झौता हुँदैन : गृहमन्त्री लेखक

शान्ति सुरक्षामा कुनै सम्झौता हुँदैन : गृहमन्त्री लेखक

बुधवार , जेठ १, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षाको विषयमा कुनै सम्झौता नहुने बताएका छन् ।

शान्ति सुरक्षा मजबुत हुँदा मात्रै विकासले फड्को मार्ने उनले बताए ।

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले  मुलुकको पहिलो आवश्यकता नै शान्ति सुरक्षा रहेको बताएका हुन् ।

उनले भने, ‘साइवर क्राइम, लागुऔषध प्रयोग, सवारी दुर्घटना र आत्महत्याका घटना बढेको छ । यी अपराध र घटना एकअर्कासँग अन्तरसम्बन्धित छन्, निर्मम रुपमा लागेर यी घटना नियन्त्रण गर्नुपर्छ ।’

पछिल्लो समय सुरक्षामा नयाँ चुनौती देखापरेको भन्दै उनले बदलिँदो समयसँगै देखिएका अपराधका नयाँ–नयाँ शैलीलाई विश्लेषण गर्दै सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077